हात्ती सफारी संकटमा

नवलपरासी : विश्वभरका पशु अधिकारवादी र टुर अपरेटरले हात्ती सफारी बन्द गर्नुपर्ने आवाज उठाउन थालेपछि नेपालको जंगल पर्यटन संकटमा पर्ने देखिएको छ। नेपाली पर्यटन क्षेत्रमा हात्ती सफारी महत्वपूर्ण ‘प्रोडक्ट’ मानिन्छ। नेपालमा ३५ वर्षअघि टाइगर टप्सले व्यावसायिक रूपमा हात्ती सफारी सुरु गरेको थियो। टाइगर टप्सले सुरु गरेको हात्ती पोलो विश्वभर चर्चित छ।
नेपालमा हात्ती सफारी बन्द गराउँदा जंगल पर्यटन ध्वस्त हुने टेम्पल टाइगर रिसोर्टका सञ्चालन बसन्त मि श्र बताउँछन्। हात्ती चढेर जंगलर सफारी गर्न बर्सेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्छन्। चितवनको पर्यटन व्यवसायी हात्ती सफारीमै अडिएको छ। कतिपय व्यवसायीले लाखौं रुपैयाँ खर्चिएर आफै हात्ती पालिरहेका छन् भने कतिपयले भाडामा हात्ती लिएर पर्यटकलाई जंगल सफारी गराउँदै आएका छन्।
‘नेपाल विश्वभर हिमालयको देश भनेर चिनिन्छ, निजी क्षेत्रको चार दशक लामो प्रयासबाट नेपाल एसियाकै जंगल पर्यटनको राजा भनेर पनि चिनियो’, पर्यटन व्यवसायी मि श्रले भने, ‘तर अहिले विनाअध्ययन नेपालको हात्ती सफारीमाथि हास्तक्षेप हुँदैछ, यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का दिन्छ।’ नेपालको हात्ती सफारी बन्द गरिँदा जंगल पर्यटनमा कस्तो असर पर्छ भनेर अध्ययन नभएको उनले बताए।
उनले भने, ‘यसतर्फ सरकार बेलैमा सतर्क हुनुपर्छ।’ तत्कालै हात्ती सफारी बन्द भएमा संरक्षणमा रहेका दुई सय ५० भन्दा बढी हात्तीको व्यवस्थापन कसले गर्ने भन्ने समस्या आउनेछ। अहिले नेपालका निजी र सरकारी क्षेत्रका गरी दुई सय ५० वटा हात्ती छन्। हात्तीलाई दुःख दिन हुन्न भने विषयमा हात्तीपालक व्यवसायी पनि सचेत छन्। तर, हात्ती सफारीका विषयमा अनावश्यक रूपमा भएको प्रचारले नेपालको जंगल पर्यटनमा असर पुर्‍याउने मि श्र बताउँछन्।
हात्तीले सरंक्षण पाउनेको प्रमुख कारण पनि हात्ती सफारी भएको उनको भनाइ छ। हात्तीपालन सहज पनि छैन। एउटा हात्ती खरिदका लागि करोडौं लाग्छ। हात्ती पाल्न मासिक झण्डै ७० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म खर्च हुन्छ। सामान्य एउटा हात्तीको उपचारमा मात्रै वार्षिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँ खर्च हुने पशुचिकित्सक बताउँछन्।
यसबाहके एउटा हात्तीका लागि दैनिक २० केजी धान, दुई केजी सक्खर, ७० केजी पराल, एक केजी चना, उखु, घाँस, नुनको आवश्यकपर्ने मि श्र बताउँछन्। यसैगरी हात्ती हेर्ने दुई जना माउतेलाई मासिक २५ हजार तलब, आठ हजार खाना खर्च समेत लाग्छ। मिश्रले भने, ‘अनुकूल समयमा हामीले दैनिक सम्पूर्ण खर्च कटाएर १० हजारभन्दा बढी आर्जन गथ्र्यौं तर अहिले हात्ती पाल्नलाई लाग्ने दैनिक खर्च उठाउन पनि सकेका छैनौं।’
यस्तो अवस्थामा हात्ती सफारी बन्द भए पालुवा हात्तीको संरक्षण हुन नसक्ने मि श्र बताउँछन्। सरकारले हात्ती सफारी बन्द भए पनि खर्च व्यवस्थापन गर्न सक्ला तर व्यवसायीले गर्न नसक्ने उनको भनाइ छ।
सरकारी तवरबाट हात्ती संरक्षणका लागि पहल आवश्यक छ। व्यवसायी पनि हात्ती संरक्षणका लागि सचेत हुन आवश्यक रहेको मि श्रको भनाइ छ।
तर, हात्ती सफारी बन्द हुँदै गर्दा अहिले पालिएको हात्तीको सुरक्षा र संंरक्षण कसले, हात्ती सफारीको विकल्प राज्य तवरबाट हुने पर्ने व्यवसायी बताउँछन्। तर, नेपालमा हात्ती सफारी सुरु गराउने टाइगर टप्सले अहिले सफारी गराउन बन्द गरिसकेको छ। टाइगर टप्सले नै नेपालमा हात्तीपोलो खेल सुरु गराएको थियो, हात्तीपोलो खेल विश्वमा चर्चित समेत भएको थियो। अहिले व्यवसायीले हात्तीको संरक्षण र सुरुक्षाका लागि भन्दै हात्ती पिकनिक समेत गर्न थालेका छन्। अब पहिलेको जस्तो हात्ती प्रदर्शनका नाममा कुनै दुःख दिने काम नहुने मि श्र बताउँछन्।


हिमालयको देशमा वन्यजन्तु पर्यटन

सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे, पहिलोपटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो। नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो। हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए। १९५३ मा तेञ्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे। रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले १९५७÷५८ मै पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए। १९६० को दशक हिप्पी पर्यटनको भयो।
हिप्पी सस्ता (ब्यागप्याकर) थिए, लगाएको लुगाधरी बेचेर खर्च चलाउँथे। तर, तिनका कारण नेपाल पर्यटन गन्तव्यका रूपमा संसाभरि चिनियो। त्यही ताका जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्ट (सन १९६६) मार्फत वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थालेका थिए। अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर हो। मि श्रका अनुसार जिम आफै अफ्रिकामा समेत जंगल रिसोर्ट चलाउँथे।
उनैले नेपाल जंगल सफारीका लागि उचित गन्तव्य हो भनेर ब्रान्डिङ गरे। पर्यटन भनेको कस्तो व्यवसाय हो भने यसलाई ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान यसमा लागू हुन्छ। अफ्रिकासँग त के तुलना गर्नु भारतकै तुलनामा पनि नेपालका जंगलमा वन्यजन्तु नगण्य हो। तर, यसलाई एकसिंगे गैडा र पाटे बाघ देखिने ठाउँका रूपमा प्रचार गरियो।
अफ्रिकामा जंगल निस्केपछि हुलका हुल वन्यजन्तु पाइने, यहाँ त्यस्तो हुन्थेन। निस्किने बित्तिकै वन्यजन्तु देखिनुको के मज्जा, देख्छु कि देखिन्न भन्ने कौतुहलता हुँदा पो मज्जा भनेर प्रचार गरियो। तर, नेपालका जंगल पर्यटनमा हात्ती सफारी बन्द हुन फेरि नेपालको पर्यटन ४० वर्ष पछाडि धकेल्नु हो।
Tags: No tags

Leave a Comment