२८ पुस ०७४ बिहान १० बजे । ४२ वर्षीय आमा लक्किकलीको साथमा नारायणी नदी किनारमा चरन र सफरमा निस्किएको रामप्रसाद टुप्लुक्क देखापर्यो । गत मंसिरमा एक वर्ष उमेर पुगेर दोस्रो वर्षमा प्रवेश गरेको रामप्रसादले जब मानिसको ठूलो समूहलाई भेट्यो, तब सुरु भयो उसको चर्तिकला । ऊ घरी हौसिन्छ, घरी जमिनमा लडिबुडी गरिदिन्छ र मानिसलाई आफूसँगै खेल्न हौस्याउँछ, पनि । यी आमा–छोराका साथमा रामप्रसादकी १० वर्षीया दिदी वृक्षाकली पनि चरनमा निस्किन्छिन् । नारायणी नदी किनारको पोसिलो घाँस र सफा पानी पिउन साँझ र बिहान नियमित निस्किने यी सुखी सन्तानको बाउ को होला ? प्रकृति पथप्रदर्शक अम्बिकाप्रसाद पराजुलीका अनुसार सेलेब्रिटी मत्ता हात्ती धुर्बेको छोरो हो, रामप्रसाद । वृक्षाकलीको बाउ भने ‘रोमियो’ हो ।
रामप्रसादकी आमा लक्कीकली (बायाँ) र दिदी वृक्षाकली (दायाँ) ।
धुर्बे कुनै समय ज्यानमारा हात्तीका रूपमा बदनाम थियो । चितवनको माडीदेखि मकवानपुरसम्म पुगेर मान्छेका घरगोठ भत्काउने र जनधनको क्षति गराएर धुर्बे एकाएक चर्चामा आयो । यतिसम्मकी धुर्बेलाई मार्न प्रशासनसँग माग राख्दै चितवन बन्दसम्मका कार्यक्रम आयोजना भए । उसलाई मार्न १० वटा पोथी हात्तीको लोभ पनि देखाइयो । तर, ऊ फसेन । भाग्यमानी धुर्बे बाँच्यो।
१९ डिसेम्बर २०१२ मा करिब १० वटा पोथी हात्ती परिचालन गरेर धुर्बे आकर्षित गर्ने र उसलाई मार्ने योजना बनाइएको थियो । यो योजना धुर्बेले सायद चाल पायो । ऊ प्रशासनको चंगुलमा फसेन । बरु आजसम्म एक सेलेब्रिटी मत्ताका रूपमा स्थापित छ ।
उही सेलेब्रिटी धुर्बेको सन्तान रामप्रसाद अहिले हुर्किंदै छ । नवलपरासी अमलटारीस्थित टेम्पल टाइगर ग्रिन जंगल रिर्सोटले विगत १६-१७ वर्षदेखि पालन–पोषण गरिरहेको लक्कीकली एसियाकै दुर्भल प्रजातिमध्ये एक हात्ती हो । धुर्बेसँगको शारीरिक संसर्गसँगै लक्कीकलीको पेटमा रामप्रसाद बढ्दै थियो । दुर्लभ प्रजातिको सन्तानका रूपमा छावा जन्मिएपछि वातावरण तथा वन्यजन्तुविद्ले खुसी मनाएका थिए । पथप्रदर्शक पराजुली भन्छन्, ‘धुर्बे अहिले पनि चितवन राष्ट्रिय निकुञ्जआसपासमै छ, उसको सन्तान भने हाम्रो काखमै हुर्किरहेको छ ।’
आज्ञाकारी वृक्षाकली
उमेरले १० वर्ष पुगेकी किशोरी वृक्षाकली आज्ञाकारी छिन् । सामान्यतया भाले हात्ती १०–११ वर्ष उमेर पुगेसँगै मैमत्त भइसक्छ । त्यसपछि उसलाई मानिसले सम्हाल्न सक्दैन । त्यस अवस्थामा उसलाई जंगलमा स्वतन्त्र छाडिदिनुको विकल्प रहन्न । तर, घरपालुवा पोथी हात्ती भने मानिसले भनेको मान्ने आज्ञाकारी हुन्छन् । यसको झल्को वृक्षाकलीको व्यवहारबाट नै पुष्टि हुन्छ । जब वृक्षाकलीका माहुते भोज थर्नेट आदेश दिन्छन्, ‘बैठ’, उनी बसिदिन्छन् । भोज भन्छन्, ‘लेट’ तब उनी लमतन्न परेर सुतिदिन्छिन् । भोज आदेश दिन्छन्, ‘उठ’ उनी जुरुक्क उठ्छिन् । भोजलाई सुँडमा चढाएर आफ्नो ढाडमा राख्नेदेखि भुइँमा खसेको लठ्ठी टपक्क टिपेर दिने कलामा पनि उनी पोख्त भइसकेकी छिन् ।

तर, उनी अझै बच्चै छिन्, त्यसैले उनले पाहुना बोक्नेदेखि अन्य काम गर्न सक्दिनन् । तर, माहुतेको इसारामा कला सिक्ने र जंगलमा स्वतन्त्र रूपमा रमाउने उनी भाइ र आमासँगै देखिन्छिन् । त्यसो त पालनपोषण र हेरविचारका दृष्टिकोणबाट हात्तीका यी तीन सदस्यका साझा अभिभावक हुन्, महेन्द्र महतो । टेम्पल टाइगरले डेढ दशकअघि लक्किकली भित्राएपछि महतो नै उनका सेवक हुन् । पथप्रदर्शक पराजुली भन्छन्, ‘महतो र लक्किकली यति घनिष्ठ भए कि महतो केही समय पनि टाढा हुँदा सायद लक्किकली उसलाई नै याद गरिरहेकी हुन्छिन् ।
तीन सन्तानकी जन्मदाता लक्कीकली
लक्कीकली तीन सन्तानकी आमा बनिसकेकी छिन् । रामप्रसाद तेस्रो सन्तान हो । सामान्यतया एउटा हात्ती गर्भाधान भएको २० देखि २२ महिनामा बच्चा जन्मिन्छ । यो भीमकाय जनावरको बच्चा जन्मिँदै करिब १ सय किलो तौलको हुन्छ । रामप्रसाद खेल्ने र दौडिने, पल्टिने र रमाउने उमेरको छ । उसलाई जिउले पनि साथ दिन्छ । तर, जब ऊ बिस्तारै बढ्दै जानेछ, उसलाई यस्ता सबै गतिविधि गर्न कठिन हुनेछ । पराजुलीका अनुसार हात्ती सामान्यतया उठेरै निदाउने गर्छ । वयस्क र वृद्ध अवस्थामा पुगेको हात्ती सितिमिति बस्दैन । बसे पनि थोरै समय मात्र बस्छ । किनभने बसेपछि उसलाई उठ्न निकै कठिन हुन्छ ।

दैनिक खान्की १ सय ५० किलो
भीमकाय जिउ भएको हात्तीपालन आफैँमा एउटा खर्चिलो काम हो । लक्किकलीजस्तै नेपालभर सरकार र निजी क्षेत्रबाट झन्डै दुई सय ५० हात्ती पालिएको छ । एउटा घरपालुवा हात्तीका लागि दैनिक १५ किलो धान र त्यति नै परिणाममा भेली (सखर) खपत हुन्छ । घाँससहित उसका लागि दैनिक एक सय ५० किलो खाना र त्यति नै परिणाममा पानी आवश्यक पर्छ । उसलाई नियमित व्यायमसमेत आवश्यक पर्छ । लक्किकली वर्ष दिनकी सुत्केरी हुन् । त्यसैले उनलाई पनि पाहुना बोक्न या अन्य काममा लगाइँदैन । कहिलेकाहीँ निकुञ्ज सुरक्षा तथा संरक्षणको प्रयोजनमा पेट्रोलिङमा जानुपर्दा भने उनलाई पनि लैजाने गरिन्छ । सामान्य अवस्थामा भने उनको काम छोराछोरीसँगै नारायणीको किनारमा टहलिनु नै हो ।

पर्यटकको जिज्ञासा आजकल कहाँ छ धुर्बे ?
धुर्बेले मान्छे मारेको थियो, सम्पत्ति नष्ट गरेको थियो । बदलामा मान्छेले उसलाई मार्न चाहेका थिए । निकुञ्जनजिक र सिमानामा बस्ने मानिसका लागि यो नियति हो । तर, निर्दोष जनावरको खुसी, उसले जन्मजात पाउने स्वतन्त्रतामा निहित हुन्छ । आजको दिनमा न जनावरलाई स्वतन्त्र छाडेर मानिसले जोखिम उठाउन सक्ने अवस्था छ, न जनावरलाई सानो घेरामा थुनेर नै राख्न सक्छ । मर्ने–मार्ने यो लुकामारीबीच बचेको धुर्बे अहिले भने सुध्रिएको अनुमान गर्न सकिन्छ ।

जानकारहरूका अनुसार भाले हात्ती एउटा निश्चित उमेर पुगेपछि मैमत्त हुन्छ । तर, उमेर ढल्किँदै गएपछि ऊ स्वतः कमजोर हुन्छ । धुर्बेले पनि जीवनमा एउटा मोडमा मच्चाएको आतंक उमेरकै दोष हुन सक्छ । तर, निकुञ्ज भ्रमणमा जाने जो–कोहीको पहिलो जिज्ञासा धुर्बेतर्फ नै हुन्छ । भन्छन्, ‘आजकल धुर्बे कहाँ छ ?’ चितवनको सौराहा, मेघौली होस् या नवलपरासीको अमलटारी, जहाँ पुगे पनि पर्यटकको मन–मस्तिष्कबाट धुर्बे भने हट्न सकेको छैन ।
मानिस र हात्तीको अपरिहार्य सम्बन्ध
नेपालमा हात्ती र मानिसको सम्बन्ध मौलिक प्रकारको छ । राष्ट्रिय निकुञ्ज, एकसिंगे गँैडा र बाघ संरक्षणमा हात्तीको भूूमिका जति अहम् छ, त्यति नै ठूलो भूमिका नेपालमा वाइल्डलाइफ टुरिजम प्रवद्र्धनमा रहेको छ । जब मानिसले हात्तीलाई घरपालुवा जनावरका रूपमा स्वीकार गर्यो, फलस्वरूप उसको आयु पनि बढेको छ । जानकारहरूका अनुसार सामान्यतया जंगली हात्तीको आयु ६०–६५ वर्ष हो । घरपालुवा हात्ती भने जंगलीको तुलनामा झन्डै १० वर्ष बढी बाँच्छ । पौष्टिक आहार, नियमित उपचार, शारीरिक व्यायाम र माहुतेको मायाले हात्तीको आयु बढाएको हो । नेपालमा हात्तीले डलर कमाउँछन्, त्यसको निश्चित हिस्सा हात्तीकै लागि खर्च हुन्छ । अर्थात्, एउटा हात्तीको पालनपोषण र माहुते खर्चका लागि मात्र मासिक ६० हजार रुपैयाँसम्म खर्च हुने टेम्पल टाइगर ग्रिन जंगल रिसोर्टका सञ्चालक वसन्त मिश्र बताउँछन् । उनका अनुसार एक हात्ती, जो पूर्ण तालिमप्राप्त छ, उसको आजकै दिनमा बजार मूल्य झन्डै ८० लाख रुपैया“ पर्छ ।

हात्ती सफारीले धानेको वाइल्डलाइफ टुरिजम
नेपाल वाइल्डलाइफ टुरिजमको पायोनियर मुलुक हो । नेपालले नै भारत, श्रीलंका, मलेसिया, थाइल्यान्ड र अस्ट्रेलियासम्म वाइल्डलाइफ टुरिजमको अभ्यास सिकाएको हो । विश्वमा अफ्रिका वाइल्डलाइफ टुरिजमका लागि प्रसिद्ध छ । त्यसपछि लोकप्रिय गन्तव्य नेपाल हो । नेपालको पर्यटनमा पहिलो आकर्षण हिमाल र दोस्रो वाइल्डलाइफ नै हो । व्यवसायीहरू भन्छन्, ‘चितवन र नवलपरासीबाट हात्ती सफारी निकाल्नासाथ यहाँको वाइल्डलाइफ पर्यटन धर्मराउँछ ।’

भारतमा एउटा गाडीमा हिँडेका पर्यटकले बाघ या गैँडा देखे भने उनीरूले सयौँ पर्यटकले भरिएका अन्य गाडी पनि मगाउँछन्, त्यसले ध्वनि प्रदूषण हुन्छ, त्यसपछि बाघ भाग्छ । त्यसैले भनिन्छ, भारतको वाइल्डलाइफ टुरिजम असफल भइसक्यो । तर, नेपालमा भने व्यक्ति–व्यक्तिले निकै नजिकबाट बाघ, गैँडालगायत जंगली जनावर देख्न सक्छन् । यसमा ठूलो भूमिका हात्तीको छ । चितवन र नवलपरासीको पर्यटन र होटेलमा हात्ती भएनन् भने व्यवसायी निकुञ्जभित्र सवारीसाधन चलाउन बाध्य हुन्छन् । सौराहा र यसआसपास दुई सयभन्दा बढी स्तरीय होटेल र त्यसमा अर्बाैं रुपैयाँ लगानी रहेको अनुमान छ । पछिल्लो समय होम स्टेसमेत फस्टाउने क्रममा छ । यी सबै होटेल र होम स्टेले हात्तीको साटो गाडी चलाउन थाले भने यहाँका वन्यजन्तु र वनस्पतीको अवस्था के होला ? पर्यावरण के होला ? सहजै अनुमान गर्न सकिन्छ । अर्कोतर्फ निकुञ्ज क्षेत्रभित्र वर्षात्को समयमा गाडी चल्न सक्दैन । त्यसवेला पनि चोरीसिकारी नियन्त्रणका लागि नियमित गस्ती आवश्यक पर्छ । उक्त प्रयोजनमा हात्तीले दिएको योगदान अतुलनीय छ ।
तर, हात्ती खुसी हुनुपर्छ
हात्ती जंगली जनावर हो । जंगली जनावरका रूपमा उसका पनि आफ्नै अधिकार छन् । मानिसले आफ्नो भलाइका लागि उसको प्रयोग गर्दागर्दै पनि हात्तीले जंगली जनावरका रूपमा पाउनुपर्ने तमाम अधिकारबाट वञ्चित गराइनुहुँदैन । नत्र, हात्तीको रिसको नराम्रो परिणाम भोग्न तयार हुनुपर्छ । बेखुसी भयो भने घरपालुवा हात्तीले पनि आफ्नो रिस पर्यटक र माहुतेमाथि समेत पोखिदिन सक्छ । सुन्दरीकलीको ढाडमा धानिएका पर्यटकलाई जंगल सफारीमा लिएर हिँडेका नारायण चौधरी भन्छन्, ‘उनीहरूले चाहेअनुसार गर्न पाएनन् भने कुनै वेला सम्हाल्नै नसक्ने गरी व्यवहार देखाउँछन् ।’ यस्तो अवस्थामा हात्तीको ढाडमा बसेका पर्यटक रुने, कराउने गरेको थुपै्र भोगाइ उनको मानसपटलमा ताजै छ ।